गुल्मीमा आइतबार १९ जनामा कोरोना संक्रमण पुष्टि , जिल्लामा संक्रमितको संख्या एक सय ९३ पुग्यो

0
640

असार ७,२०७७ गुल्मी : गुल्मीमा आइतबार थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आइतबार गुल्मीका १९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय गुल्मीले जनाएको छ ।यो संगै जिल्लामा संक्रमितको संख्या एक सय ९३ पुगेको छ ।
आइतबार संकमण पुष्टि हुनेमा सत्यवती गाउँपालिकाका ५ जना रुरु क्षेत्रका १४ जना रहेका छन् । उनीहरुको उमेर समूह १५बर्ष देखि ४४ बर्षसम्मको रहेका छन् । संक्रमण देखिएका सबै भारतबाट आएको स्वास्थ्य कार्यलय गुल्मीले जनाएको छ ।
जिल्लामा कोरोना संक्रमणका कारण ३ जनाको निधन भएको छ ।

SHARE