गुल्मीमा आइतबार थप ५ जनामा कोरोना संक्रमण पुष्टि , जिल्लामा संक्रमितको संख्या एक सय ७९ पुग्यो

0
323

तिलाचन पाण्डे
असार ७,२०७७ गुल्मी : गुल्मीमा आइतबार थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय गुल्मीका प्रमुख डाक्टर भवानीप्रसाद शर्माले जानकारी दिए ।
यो संगै जिल्लामा संक्रमितको संख्या एक सय ७९ पुगेको स्वास्थ्य कार्यलय गुल्मीले जनाएको छ ।
आइतबार संकमण पुष्टि हुनेमा सत्यवती गाउँपालिकाका ४ जना पुरुष र एक जना महिला रहेका छन् । उनीहरुको उमेर समूह १५बर्ष देखि ४४ बर्षसम्मको रहेकोे शर्माले जानकारी दिए ।
संक्रमण देखिएका सबै भारतबाट आएको स्वास्थ्य कार्यलय गुल्मीले जनाएको छ ।
जिल्लामा कोरोना संक्रमणका कारण ३ जनाको निधन भएको छ ।

SHARE