गुल्मीमा गुडिरहेकोे जीप पहिरोले पुरिदा एक जनाको मृत्यु ,दुईको अबस्था गम्भीर

0
375

तिलाचन पाण्डे
असार ६,२०७७ गुल्मी  :  गुल्मीमा पहिरोले गुडिरहेको जीप पुरिदा १ जनाको मृत्यु भएको छ ।
धुर्कोट गाउँपालिका वडा नं ३ को हाडहाडेदेखि धनमुढा जानेक्रममा ग १ ज ३९९७ नं को जीप चुना ओडारमा माथिबाट आएको पहिरोले पुरिएको हो । पहिरोमा परि हाडहाडेका अन्दाजी १८ बर्षका तुल्सीराम काउछाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खडकाले जानकारी दिए ।
पहिरोमा परि सोही स्थानकै जीपचालक अन्दाजी २० बर्षका प्रदीप पुन र २५ बर्षका रमेश राना गम्भीर घाइते भएका छन । घाइतेहरुको उपचारका लागि अर्घाखाँची पठाइएको प्रहरीले जनाएको छ ।
जीपमा सवार अन्य तीन जनालाई सामान्य चोट लागेकाले उनीहरुलाई स्थानीय स्वास्थ्य चौकीमा उपचार गरी घर पठाइएको प्रहरीले जनाएको छ ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

SHARE