गुल्मीमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि , जिल्लामा संक्रमितको संख्या एक सय ६९ पुग्यो

0
466

तिलाचन पाण्डे
असार ६,२०७७ गुल्मी  :  गुल्मीमा शनिबार थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय गुल्मीका सूचना अधिकारी पशुपति आर्चायले जानकारी दिए ।
यो संगै जिल्लामा संक्रमितको संख्या एक सय ६९ पुगेको स्वास्थ्य कार्यलय गुल्मीले जनाएको छ ।
शनिबार संकमण पुष्टि हुनेमा रेसुंगा नगरपालिकाका १४ जना र छत्रकोट गाउँपालिकाका १ जना रहेको स्वास्थ्य कार्यलय गुल्मीले जनाएको छ । उनीहरुको उमेर समूह ५बर्ष देखि ६९ बर्षसम्मको रहेकोे आर्चायले जानकारी दिए ।
संक्रमण देखिएका सबै भारतबाट आएको स्वास्थ्य कार्यलयले जनाएको छ ।
जिल्लामा कोरोना संक्रमणका कारण ३ जनाको निधन भएको छ भने ४ जना उपचार पछि निको भएका छन् ।

SHARE