गुल्मीमा होम कवारेन्टाइनमा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि

0
871

तिलाचन पाण्डे
असार ६,२०७७ गुल्मी  : गुल्मीमा होम क्वारेन्टाइनमा बिहीबार राती मृत्यु भएका ६९ बर्षिय पुरुषमा कोरोना पुष्टि भएको छ ।

जेठ २५ गते भारतबाट आई होम क्वारेन्टाइनमा बसेका छत्रकोट गाउँपालिका वडा नं ५ का ६९ बर्षिय पूरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यलय गुल्मीका सूचना अधिकारी पशुपति आर्चायले जानकारी दिए
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा कोरोना रिपोर्ट पाजेटिभ आएको हो ।
उनी पहिले देखिनै प्यारालाइसिसको बिरामी रहेका र जेठ २५ गते भारतबाट उपचार गराइ आएकाले उनलाई अलग्गै होम क्वारेन्टाइनमा राखिएको थियो ।
परिवारको सहमति अनुसार शबलाई नेपाली सेना र नेपाल प्रहरीले शुक्रबार बिहान नै ब्यबस्थापन गरेको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।
गुल्मीमा यो संगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
यसभन्दा पहिले मदाने गाउँपालिका वडा नं ६ पुर्कोटदहका ४१ बर्षिय शिक्षकको रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको थियो भने अर्का धुर्कोट गाउँपालिकाका ३६ बर्षिय पुरुषको तम्घासको आइसोलेशनमा उपचारको क्रममा मृत्यु भएको हो ।

 

SHARE