असार ६ अर्घाखाँची :अर्घाखाँचीको सन्धिखर्क नगरपालीका र मालारानी गाँउ पालीकामा छुट्टाछुट्टै दुर्घटनामा परि २ जनाको ज्यान गएको छ ।
जिल्लाको मालारानी गाँउपालीकामा खेतमा रोपाँई गरी घर फर्कने क्रममा बाटोको डिलबाट खस्दा मालारानी–५, आरुखोला निवासी ४९ बर्षिय मन बहादुर खत्रीको ज्यान गएको हो ।
भीरबाट खसेर घाईते भएका खत्रीको उपचारको लागि जिल्ला अस्पताल सन्धिखर्क ल्याउने क्रममा बाटो मै जयान गएको प्रहरीले जनाएको छ ।
यस्तै सन्धिखर्कमा रहेको सुस्त मनस्थिति स्कुलको भवन निर्माणको क्रममा बाँसले बनाईएको खटबाट लडेर सन्धिखर्क नगरपालिका वडा नम्बर–२, किमडाँडा भलायडाँडाका ५५ बर्षिय बसन्त कुमालको जयान गएको छ ।
लडेर घाइते भएका उनको थप उपचारको लागि बुटवल लैजाने क्रममा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका सुचना अधिकारी प्रकाश खत्रीले जानकारी दिए ।