रामपुरमा निर्माण हुँदै गरेको पुलमा क्षति

0
398

सुशीला रेग्मी

रामपुर (पाल्पा), ६ असार :  वर्षाले निर्माणाधिन अवस्थामा रहेको कालीगण्डकी करिडोर अन्र्तगत पर्ने रामपुर नगरपालिका १० स्थित पाँच सय खोलाको पुलमा क्षति पुगेको छ ।

दुई दिन अघि देखि परेको वर्षाले खोलामा पानीको बहाव बढेपछि शुक्रवार निर्माण सामग्री बगाउँदा करिव ६५ लाख बराबरको क्षति पुगेको छ ।

शनिवार ढलान गर्ने तयारी गरी कामलाई तीव्रता दिइरहेका बेला बाढीले सटरिङ् नै बगाएपछि ठुलो क्षति पुगेको कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाका सहायक सुपरभाइजर दामोदर भण्डारील जानकारी दिए ।

उनका अनुसार वर्षायाम अगावै ढलानको काम सक्ने भनिएपनि खोलामा पानीको बहाब बढ्न थालेपछि समयमा नै काम सम्पन्न गर्न समस्या हुनेछ । वर्षायाम सुरु भएकाले दशै तिहार अगावै काम संचालन गर्न समस्या हुने भण्डारीले बताए ।

रु तीन करोड ६० लाखको लागतमा निर्माण हुन लागेको सो पुलको लम्बाई र साढे सात मिटर गाडी गुड्ने भाग सहित ११ मिटरको चौडाई छ । आर्थिक वर्ष २०७३÷०७४ मा सम्झौता भई २०७५ मङ्सीरको अन्तिमबाट पुल निर्माण कार्य सुरु गरिएको हो ।

कालीगण्डकीको दोभान नजिकै रहेकाले सामान्य पानी परेपछि खोलामा पानीको बहाब बढ्न जादा यातायातका साधन ठप्प हुने गरेको छ । यस खोलामा पक्की पुल नहुदा वर्षायाम अवधीभर जोखिम मोलेरै यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।

SHARE