क्वारेण्टीनमा १४ दिन बसेर घर गएका एक युवकको ज्यान गयो

0
518

विमला ढकाल,
असार ५,२०७७ बर्दिया : क्वारेन्टीनमा बसेर घर गएका बर्दियाको बारबर्दिया नगरपालिका ३ का एक युवकको ज्यान गएको छ ।
आरडिटी रिपोर्ट नेगेटिभ आएपछि क्वारेण्टीनबाट घर पठाइएका ३५ वर्षीय युवकको उपचारका लागि बर्दिया अस्पताल गुलरिया लैजाने क्रममा आज ज्या गएको हो । उनको बाटोमै ज्यान गएको जनाइएको छ ।
बर्दियाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले मृतकको स्वाब परीक्षणका लागि भेरी अस्पताल नेपालगञ्ज पठाइएको बताए । स्वाब परीक्षण रिपोर्ट आएपछि मात्र शव व्यवस्थापन गरिने प्रजिअ अधिकारीले बताए । के कारणले ज्यान गएको भन्ने पनि रिपोर्ट आएपछि मात्रै भन्न सकिने उनले बताए ।
जेठ तेस्रो हप्ता काठमाण्डौबाट नेपालगन्ज हुँदै बर्दिया आएका युवक बारबर्दिया नगरपालिकाको क्वरेण्टीनमा १४ दिन बसिसकेपछि आरडिटी परीक्षण गरिएको थियो । उनि आर.डि.टि परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि मात्रै घर फर्किएका थिए ।
बर्दियामा पछिल्लो समय भिटिएम किट अभाव हुदा क्वारेन्टीनमा बसेकाहरुको आर.डि.टि परीक्षण गरेर मात्रै घर पठाउने गरिएको छ । यस्ले गर्दा समुदाय स्तरमा अझ जोखिम बढेको स्थानीयले बताएका छन् । स्थानीयले पटक पटक पिसिआर परीक्षणको दायरा बढाउन माग समेत गर्दै आएका छन् ।

SHARE