गुल्मीमा ४८ जनामा कोरोना संक्रमण पुष्टि , जिल्लामा संक्रमितको संख्या १५४ पुग्यो ।

0
919

तिलाचन पाण्डे
असार ५ ,२०७७ गुल्मी  :  गुल्मीमा शुक्रबार थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय गुल्मीका सूचना अधिकारी पशुपति आर्चायले जानकारी दिए ।
यो संगै जिल्लामा संक्रमितको संख्या १५४ पुगेको स्वास्थ्य कार्यलय गुल्मीले जनाएको छ ।
शुक्रबार संकमण पुष्टि हुनेमा धुर्कोट गाउँपालिकाका २० जना , गुल्मीदरवार गाउँपालिकाका १४ जना , इश्मा गाउँपालिकाका १२ जना , र मालिका गाउँपालिकाका २ जना रहेको स्वास्थ्य कार्यलय गुल्मीले जनाएको छ । उनीहरुको उमेर समूह १६ देखि ५९ सम्मको रहेको र अन्य पहिचान गर्ने कार्य भइरहेको आर्चायले जानकारी दिए ।
संक्रमण देखिएका सबै भारतबाट आएको स्वास्थ्य कार्यलयले जनाएको छ ।
जिल्लामा कोरोना संक्रमणका कारण २ जनाको निधन भएको छ भने ४ जना उपचार पछि निको भएका छन् ।

SHARE