
असार ५,२०७७ गुल्मी : गुल्मीमा होम क्वारेन्टाइनमा बसेका एक जनाको बिहीबार राती ज्यान गएको छ ।
जेठ २५ गते भारतबाट आई होम क्वारेन्टाइनमा बसेका छत्रकोट गाउँपालिका वडा नं ५ का ६९ बर्षिय पूरुषको ज्यान गएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्र सिंह खडकाले जानकारी दिए ।
उनमा बिहीबार आरडिटी जाँच गर्दा पोजेटिभ आएको र उनको स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक प्रयोगशाला रुपन्देही पठाइएको स्वास्थ्य कार्यलय गुल्मीका सूचना अधिकारी पशुपति आर्चायले जानकारी दिए ।
उनी पहिले देखिनै प्यारालाइसिसको बिरामी रहेका र जेठ २५ गते भारतबाट उपचार गराइ आएकाले उनलाई अलग्गै होम क्वारेन्टाइनमा राखिएको थियो ।
परिवारको सहमति अनुसार शबलाई नेपाली सेना र नेपाल प्रहरीले ब्यबस्थापन गरेको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जनाकारी दिए ।












