गुल्मीमा ४६ जनामा कोरोना संक्रमण पुष्टि , जिल्लामा संक्रमितको संख्या १०५ पुग्यो ।

0
660

तिलाचन पाण्डे
असार ४ ,२०७७ गुल्मी :  गुल्मीमा बिहीबार थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय गुल्मीका सूचना अधिकारी पशुपति आर्चायले जानकारी दिए ।
यो संगै जिल्लामा संक्रमितको संख्या १०५ पुगेको स्वास्थ्य कार्यलय गुल्मीले जनाएको छ ।
बिहीबार संकमण पुष्टि हुनेमा चन्द्रकोट गाउँपालिकाका १७ जना , छत्रकोटका २४ जना , सत्यबतीका १ जना , रुरुक्षेत्रका १ जना , गुल्मीदरबारका २ जना र रेसुंगा नगरपालिकाका १ जना रहेको स्वास्थ्य कार्यलय गुल्मीले जनाएको छ । उनीहरुको उमेर समूह पहिचान गर्ने कार्य भइरहेको आर्चायले जानकारी दिए ।
संक्रमण देखिएका सबै भारतबाट आएको स्वास्थ्य कार्यलयले जनाएको छ ।
जिल्लामा कोरोना संक्रमणका कारण २ जनाको निधन भएको छ भने ४ जना उपचार पछि निको भएका छन् ।

SHARE