कालीगण्डकी गाउँपालिकालाई स्वास्थ्य सामग्री

0
491

असार ४,२०७७ गुल्मी  : जिल्लाको कालीगण्डकी गाउँपालिकालाई स्वास्थ्य साम्रगी हस्तान्तरण गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी कालीगण्डकी गाउँपालिकाको पहलमा चन्द्रकोट सम्पर्क मंच बुटवलको संक्रियतामा स्वास्थ्य साम्रगी गाउँपालिकालाई हस्तान्तरण गरिएको नेकपा कालीगण्डकी गाउँपालिकाका अध्यक्ष रामजी ढकालले जानकारी दिए ।
बिहीबार एक कार्यक्रमका बिच कोरोना भाइरस रोकथाम तथा नियँत्रणका लागि ३ सय थान आरडिटी किट , २ थान पिपिई सेट गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापालाई नेकपा कालीगण्डकीका अध्यक्ष ढकालले हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण कार्यक्रममा नेकपाका नेताहरु , कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष तारा थापा , प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीको उपस्थिती रहेको थियो ।


स्वास्थ्य साम्रगी ग्रहण गर्दै गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाले सहयोग गर्ने र पहल गर्ने सबैलाई धन्यबाद ब्याक्त गरे ।

SHARE