जानु पाण्डे,
कपिलवस्तु असार ३ : कपिलवस्तुका तिन साझेदारी वनले ३ हजार ८ सय भिटिएम सहयोग गरेका छन् ।
कोरोना भाइरस परीक्षणका लागि स्वाब संकलन गर्न शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका, महाराजगन्ज नगरपालिका, बुद्धभुमी नगरपालिका र विजयनगर गाउँपालिकालाई भिटिएम हस्तान्तरण गरिएको कपिलवस्तु साझेदारी वन समितिका अध्यक्ष गंगेश नाथ तिवारीले बताए ।
कपिलवस्तु साझेदारी वन, शिवराज साझेदारी वन र गौतम बुद्ध साझेदारी वन व्यवस्थापन समिति संयुक्त रूपमा भिटिएम खरिद गरेका थिए । खरिद गरिएको भिटिएमको मूल्य करिब १५ लाख पर्ने बताइएको छ ।
जिल्लामा भिटिएम अभाव भए पछि गौतम बुद्ध डिभिजन वन कार्यालयको सम्वन्वयमा जेठ ९ गते खरिद गर्ने निर्णय भएको थियो । साझेदारी बन व्यवस्थापन समितिको सामाजिक विकास कोषबाट किट खरिद गरिएको थियो ।
शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका, महाराजगन्ज नगरपालिका, विजयनगर गाउँपालिकालाई ८ सय ५० थान र बुद्धभुमी नगरपालिकालाई ४ सय २५ थान भिटिएम हस्तान्तरण गरिएको थियो ।