गुल्मीमा फेरि १० जनामा कोरोना पुष्टि, जिल्लामा कोरोना संकमितको संख्या ५८ पुग्यो

0
1066

तिलाचन पाण्डे
असार २,२०७७ गुल्मी ः गुल्मीमा फेरि १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै जिल्लामा संक्रमितको संख्या ५८ पुगेको स्वास्थ्य कार्यलय गुल्मीले जनाएको छ ।
मंगलबार राती थपिएका संकंमितहरुमा ९ जना रेसुंगा नगरपालिकाका र १ जना सत्यबती गाउँपालिकाका रहेको स्वास्थ्य कार्यलय गुल्मीका सूचना अधिकारी पशुपति आर्चायले जानकारी दिए ।
मंगलबारै साँझ १६ जनामा संक्रमण पुष्टि भएको थियो । उनीहरु इश्मा गाउँपालिकाका ९ जना ,मालिका गाउँपालिकाका २ जना , गुल्मीदरबार गाउँपालिकाका ४ जना , र रेसुंगा नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको आर्चायले जानकारी दिए ।
उनीहरुको उमेर समूह १ बर्षका बालकदेखि ३९ बर्ष सम्मका सबै पूरुषहरु रहेको आर्चायले जानकारी दिए । जिल्लाका १२ वटा स्थानीय तहहरुमध्ये कालीगण्डकी गाउँपालिकामा बाहेक अन्य सबैमा संक्रमण फैलिएको छ ।
जिल्लामा कोरोना संक्रमणका कारण २ जनाको निधन भएको छ भने २ जना उपचार पछि निको भएका छन् ।

SHARE