पाल्पा निस्दीका कृषकलाई अलैँचीका विरुवा वितरण

0
616

सुशीला रेग्मी

रामपुर (पाल्पा), २ असार : पाल्पाको निस्दी गाउँपालिका कृषि शाखाले अनुदानमा कृषकलाई अलैँचीका विरुवा वितरण गरेको छ ।
अलैँचीको पकेट क्षेत्र रहेको वडा नं ३ खाँदरका कृषकलाई विरुवा वितरण गरिएको हो । लमजुङको भोटेओढारबाट खरिद गरेर ल्याइएको चौध हजार विरुवा वितरण गरेको कृषि शाखा प्रमुख खिमराज कोइरालाले जानकारी दिए ।

बिरुवाको साथमा कृषकलाई सात वटा प्लास्ट्रिक स्प्रेयर, १० किलो फङ्गिसाईड, ७५ वटा अलैची फल काट्ने स्प्रेयर वडा नम्बर ३ का वडा अध्यक्ष लक्ष्मीप्रसाद पाटाले हस्तान्तरण गरे ।

कुल बजेट दुई लाख पचास हजार त्यसमा निस्दी गाउँपालिका कृषि शाखा बाट एक लाख सतासि हजार पाच सय र खादर अलैची पकेट समितिबाट ६२ हजार ५०० सयको लगानीमा विरुवा वितरण गरिएको हो । खाँदर क्षेत्रमा लगाइएको अलैची खेती फस्टाउँदै गएको वडा कृषि प्राबिधिक त्रिमला पाटाले बताइन् ।

SHARE