
तिलाचन पाण्डे
असार २,२०७७ गुल्मी : मंगलबार गुल्मीमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै जिल्लामा संक्रमितको संख्या ४८ पुगेको स्वास्थ्य कार्यलय गुल्मीले जनाएको छ ।
मंगलबार थपिएका १६ जनामा इश्मा गाउँपालिकाका ९ जना ,मालिका गाउँपालिकाका २ जना , गुल्मीदरबार गाउँपालिकाका ४ जना , र रेसुंगा नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय गुल्मीका सूचना अधिकारी पशुपति आर्चायले जानकारी दिए ।
उनीहरुको उमेर समूह १ बर्षका बालकदेखि ३९ बर्ष सम्मका सबै पूरुषहरु रहेको आर्चायले जानकारी दिए । जिल्लाका १२ वटा स्थानीय तहहरुमध्ये कालीगण्डकी गाउँपालिकामा बाहेक अन्य सबैमा संक्रमण फैलिएको छ ।
१ बर्षका बालकमा समेत कोरोना
थपिएका १६ जनामध्ये एक जना १ बर्षका बालक रहेको इश्मा गाउँपालिकाकी उपाध्यक्ष बिमला खत्रीले जानकारी दिइन् ।
इश्मा गाउँपालिकाको सरस्वती निम्न माध्यमिक बिधालयको क्वारेन्टाइनमा बसेका वडा नं २ का बाबु छोराको कोरोना रिर्पोट पोजेटिभ आएको हो ।
बाबु र छोरामा आरडिटी पोजेटिभ आएकाले पिसिआर परीक्षणमा पठाइएको र आमाको नेगेटिभ आएकाले नपठाएको खत्रीले जानकारी दिइन् ।
छोराको पिसिआर पोजेटिभ आएकाले आमाको भोलीनै स्वाब संकलन गरी परीक्षणका लागि पठाइने खत्रीले जानकारी दिइन् । उनीहरु भारतबाट आई सरस्वती निमाबिको क्वारेन्टाइनमा बसेका थिए ।
२ जनाको संक्रमणका कारण मृत्यु
गुल्मी जिल्लामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । जिल्लाको मदाने गाउँपालिकाका वडा नं ६ पुर्कोटदहका ४१ बर्षिय शिक्षकको रुपन्देहीको क्रिमसन अस्पतालमा उपचारको क्रममा र धुर्कोट गाउँपालिकाका ३६ बर्षिय पूरुषको तम्घासको आइसोलेशनमा उपचारको क्रममा शनिबार राती मृत्यु भएको हो ।
२ जना उपचारपछि घर फर्किए
४८ जना कोरोना संक्रमितहरु मध्ये २ जना उपचारपछि निको भएर घरफर्किएका छन् ।
जिल्लाको धुर्कोट गाउँपालिकाका ३७ बर्षका अध्यक्ष भुपाल पोखरेल र मदाने गाउँपालिका ६ पुर्कोटदह स्थित कृर्षि बिकास बैकंमा कार्यरत ३२ बर्षका एक कर्मचारी उपचार पछि निको भएर घर फर्किएका स्वास्थ्य कार्यलय गुल्मीले जनाएको छ ।








