असार २,२०७७ एजेन्सी : भारतको दिल्ली प्रदेशका स्वास्थ्यमन्त्री सत्येन्द्र जैन कोरोना संक्रमणको आशंकमा अस्पतालमा भर्ना भएका छन् ।
उनलाई राजिब गान्धी सुपर स्पेशलिटी अस्पतालमा भर्ना गरीएको र उनमा आजै कोरोना भए नभएको बारेमा परीक्षण हुने अस्पतालले जनाएको छ ।
उनमा उच्च ज्वरो आउने , श्वास प्रश्वासमा समस्या देखापरेपछि अस्पतामा भर्ना गरिएको हो ।