असार २,२०७७ अर्घाखाँची : पिसिआर रिपोर्ट नआएको भन्दै क्वारेन्टाइनबाट भागेका ३५ जनालाई प्रहरीले फर्काएर ल्याएको छ ।
जिल्लाको जनप्रिय आधारभूत बिधालयको क्वारेन्टाइनमा बसेका ३५ जनालाई बिचबाटोबाटै प्रहरीले फर्काएर ल्याएको भूमिकास्थान नगरपालिका वडा नं २ का वडा अध्यक्ष बुद्धिबहादुर थापाले जानकारी दिए ।
उनीहरुको स्वाब कलेक्सन गरि परीक्षणका लागि भैरहवा पठाएकोमा त्यहाँ चाप बढेकाले स्वाबलाई भरतपुर र काठमाणडौ पठाइएको स्वास्थ्य कार्यलय अर्घाखाँचीले जानकारी दिएको छ ।