शिवराजमा सुरु भयो प्रधानमन्त्री रोजगार कार्यक्रम,२ सय जनालाई रोजगारी

0
626

असार २,२०७७ कपिलबस्तु : कपिलवस्तुको शिवराज नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रममा सुरु भएको छ ।

नगरमा तीन वटा योजनाहरु छनोटमा परेको र काम सुरु भएको रोजगार संयोजक फर्शुराम घिमिरेले जानकारी दिए । नगरबाट २४ वटा योजनाहरु पठाएको भएपनि ३ वटा योजना मात्र छनोट भएर आएको उनले बताए । २ वटा योजनाका काम भइरहेको भन्दै योजना अझै सुरु हुन नसकेको जानकारी दिए ।

शिवराज नगरपालिका वडा ७ बिजया सिमेन्ट देखी गोर्भदन यादवको घर सम्मको सडक मर्मत,जुमली गाउँको कुलो मर्मतको लागि ९ लाख २४ हजार रकम रहेको छ ।त्यस्तै बलुहवा गाउँमा सडक निर्माणको लागि ९ लाख ८२ हजार रकम रहेको छ भने निविहवा सिचाई ताल निर्माणको लागि ९ लाख ९३ हजार बजेट रहेको छ । नगरका २ सय जनालाई रोजगारी दिइने संयोजक घिमिरेले जानकारी दिए ।
शिवराज नगरपालिका वडा ३ बलुहवा गाउँमा सडक निर्माणका काम सोमबार बाट सुरु भएको छ । गाउँका ६४ जनाले काम गरिरहेको वडा अध्यक्ष टेकलाल सापकोटाले जानकारी दिए। लकडाउनका कारणका नागरिकहरु बेरोजगार भईरहेको एउटा गाउँका ६४ जनाले रोजगार पाउँदा स्थानीयहरुको जिविको पार्जनमा सहज हुने विश्वास रहेको सापकोटाले बताए ।

त्यस्तै वडा ७ को सडक निर्माण योजना सुभारम्भ गर्दै वडा अध्यक्ष अनुप कुमार चौधरले यस किसिमका कार्यक्रमले वेरोजगार युवाले रोजगारमा संलग्घ हुन पाउँदा आर्थिक संकलन संगै जिविकोपार्जनमा सजिलो हुने बताए ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेरोजगार नागरिकलाई रोजगारी दिन प्रधानमन्त्री रोजगार कार्यक्रम लागु गरेको हो ।

SHARE