जातीय बिभेदको आरोप लागेका काउछालाई धरौटीमा छोड्न अदालतको आदेश

0
373
रमेश विश्वकर्मा
असार १,२०७७ गुल्मी  : जातीय विभेदको आरोप लागेका नेत्र बहादुर काउछालाई धरौटीमा छोड्न जिल्ला अदालत गुल्मीद्वारा आदेश भएको छ ।
जिल्ला अदालत गुल्मीका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलाशले उनलाई ६० हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको श्रेष्तेदार उपसचिव भिमप्रसाद भुसालले बताए ।
जिल्लाको कालिगण्डकी गाउँपालिका–५ फोक्सिङका नेत्र काउछालाई सोही स्थानका दलित युवा श्याम परियारलाई घरभित्र पसेको भन्दै जातीय विभेद गरेको आरोपमा अभियोग दायर भएको थियो ।
आइतबार भएको थुनछेक बहसपछि जिल्ला अदालत गुल्मीद्वारा तत्काल थुनामा राखेर कारवाही गर्ने प्रकृतिको पनि नदेखिएको र सादा ताखिरमा छोड्ने प्रकृतिको पनि नदेखिएकाले पछि अनुसन्धान गर्दै जाँदा ठहरे बमोजिम हुने गरी हाललाई रु ६० हजार धरौटि लिने वा जेथा जमानत लिने गरि थुनछेक आदेश भएको श्रेष्तेदार भुसालले जानकारी दिए ।
SHARE