
असार १ ,२०७७ गुल्मी : जिल्ला प्रशासन कार्यलय गुल्मीबाट आजदेखि नियमित कामकाज हुने भएको छन् ।
लामो समयको लकडाउन पश्चात आजदेखि नागरिकता , पासपोर्ट , सिफारिस लगायत नागरिकका अर्थाथ सेवाग्राहीका कामहरु नियमित रुपमा हुने प्रशासकीय अधिकृत उद्धब पन्थीले जानकारी दिए ।
दुरी कायम गर्दै , साबुनपानीले हात धुने ब्यबस्था सहित नियमित सबै कामहरु आजदेखि सुचारु हुने जिल्ला प्रशासन कार्यलय गुल्मीले जनाएको छ ।
यस्तै गुल्मी जिल्ला अदलतबाट पनि आजदेखि सबै नियमित कामकाजहरु हुने गुल्मी अदालतले जनाएको छ ।








