गुल्मीका कोरोना संक्रमित ३६ बर्षिय पूरुषको मृत्यु

0
378

जेठ ३२,२०७७ गुल्मी  : गुल्मीमा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ ।
रेसुंगा नगरपालिकाको आइसोलेसनमा राखेर उपचार गराइरहेका धुर्कोट गाउँपालिकाका ३६ बर्षिय पुरुषको शनिबार राती ९ ः२० मृत्यु भएको रेसुंगा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले जानकारी दिए ।
उनमा जेठ १२ कोरोना संक्रमण पुष्टि भएसंगै रेसुंगा नगरपालिकाको आइसोलेशनमा राखेर उपचार गरिएको थियो । उनी बिगत २ बर्षदेखि क्यान्सर रोगले पीडित थिए ।
केही दिन अगाडी देखि उनको स्वास्थ्य अबस्था गम्भीर थियो । उनी आइसोलेशनको बेडमा जान र झर्न नसक्ने भएपछि उनको भुँइमै राखेर उपचार गरिएको थियो ।
उनको शबलाई राती नै ब्यबस्थापन नेपाली सेनाको सहयोगमा बयबस्थापन गरिएको स्वास्थ्य संयोजक अर्यालले जानकारी दिए । उनका १४ बर्षका छोरा, ७० बर्षका बुवा र श्रीमती रहेकी छिन् ।
गुल्मीमा यस अगाडी कोरोना संक्रमणकै कारण मदाने गाउँपालिका वडा नं ६ का ४१ बर्षिय शिक्षकको रुपन्देहीको क्रिमशन अस्पतालमा उपचारको क्रममा ज्यान गएको थियो ।

SHARE