आरडिटी पोजेटिभ आई क्वारेन्टाइनमा बसेका युवा भागे

0
298

तिलाचन पाण्डे
जेठ ३१,२०७७ गुल्मी : गुल्मीमा आरडिटी पोजेटिभ देखिएका युवा क्वारेन्टाइनबाटै भागेका छन् ।
शनिबार जिल्लाको मुसिकोट नगरपालिका वडा नं ५ को नेपाल राष्ट्रिय माध्यमिक बिधालयको क्वारेन्टाइनमा बसेका वडा नं ४ का १९ बर्षका युवा भागेको मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक डिबी जिशीले जानकारी दिए ।

जेठ ९ गते भारतबाट आई क्वारेन्टाइनमा बसेका त्यी युवाको २९ गते आरडिटी पोजेटिभ आएको थियो । उनको असार एक गते स्वाब संकलन गर्ने योजनामा रहेका युवा भागेको जिशीले जानकारी दिए ।
उनी युवाको खोजी कार्य जारी रहेको नगरपालिकाले जनाएको छ ।

SHARE