रामपुर अस्पतालको गुरुयोजना सम्बन्धी छलफल

0
427

सुशीला रेग्मी

रामपुर (पाल्पा), ३१ जेठ :रामपुर अस्पतालको गुरुयोजना तयार पार्ने सम्बन्धमा शनिवार छलफल भएको छ ।
रामपुर नगरमा क्रियाशिल राजनैतिक दलका प्रमुख, जनप्रतिनिधि, सरोकारवाला, स्वास्थ्यकर्मी, बुद्धिजीवी लगायतको सहभागीतामा छलफल कार्यक्रम भएको हो ।
मुनसाइट कन्सल्टेन्सी प्रालि घोराही दाङ्गको समुहबाट गुरुयोजना तयार पार्ने विषयमा छलफल भएको अस्पतालले जनाएको छ ।

अस्पताल विकास समितिका सदस्य ईश्वरीदेवी खनालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश नं ५ प्रदेश सभा सदस्य युवराज खनाल रहेका थिए । उनले पाल्पा जिल्लाकै ठुलो अस्पताल रहेको हुदा गुरुयोजना बनाएर काम गरियो भने सेवा प्रवाहमा सहज हुने बताए ।
रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले ५० शैयाको रुपमा निर्माणाधिन भवन रहेको बताउँदै भवन सम्पन्न भएपछि स्वास्थ्य सेवामा धेरै सुबिधा लिन सकिने बताए ।
कार्यक्रममा रामपुर नगरपालिका ३ का अध्यक्ष दिनेशकुमार खनाल, ५ का अध्यक्ष हिमाल मल्ल, नेपाल कम्युनिष्ट पार्टी रामपुर नगर अध्यक्ष कमलराज भट्टराई, नगर ईन्चार्ज राजुप्रसाद श्रेष्ठ, नेपाली कांग्रेस नगर सभापति नेत्रप्रसाद भट्टराई, अस्पताल पूर्व विकास समितिका सदस्य बासुदेव देवकोटा लगायतको छलफल कार्यक्रममा सहभागीता रहेको थियो ।

अस्पतालका निमिक्त मेसु डाक्टर विजय परियारले स्वागत गर्दै कार्यक्रमको विषयवस्तुबारे जानकारी गराएका थिए। कार्यक्रमको संचालन प्रशासन सहायक हिरा विकले गरेका थिए ।

SHARE