सक्षम परियोजना गुल्मीद्धारा राहत वितरण

0
730

रमेश विश्वकर्मा
गुल्मी, जेठ ३१ ,२०७७ :सक्षम परियोजना गुल्मीले अपांगता भएका विपन्न बालबालीकाको परिवारलाई राहत वितरण गरेको छ ।
सिबिएम नेपाल र अपांग बाल अस्पताल तथा पुनर्स्थापन केन्द्र बनेपा काभ्रेको साझेदारीमा संचालित सक्षम परियोजना गुल्मीले जिल्लाका विभिन्न स्थानीय तहमा राहत वितरण गरिएको जिल्लास्थित परियोजना कार्यान्वयन इकाई प्रमुख शालिकराम तिम्लिसिनाले जानकारी दिए ।
उनका अनुसार जिल्लाका स्थानीय सरकारसंग समन्वय गरी शारीरिक अपांगता भएका १५ जना विपन्न बालबालिकाको घरमै पुगेर राहत वितरण गरिएको हो ।
विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड(१९० लाई नियन्त्रण गर्नको लागि सरकारले बन्दाबन्दी ९लकडाउन० जारी राखेसंगै विहान बेलुका छाक टार्न गाह्रो भएका बालबालिकालाई राहत वितरण गरिएको बताईएको छ ।खाद्यान्न र स्वास्थ्य सामग्री राहत स्वरुप वितरण गरिएको इकाई प्रमुख तिमिल्सिनाले बताए ।

नेपाल सरकारको राहत वितरण मापदण्ड अनुरुप चामल ३० किलो, दाल ३ किलो, चिनी २ किलो, नुन २ किलो , साबुन नुहाउने र लुगा धुने २र२ वटा , स्यानिटाईजर र मास्क वितरण गरिएको छ ।
परियोजनाले बन्दाबन्दी लकडाउन को समयमा पूर्वनिर्धारित कार्यक्रम गर्न नसकिएको रकमले उक्त राहत वितरण गरेको हो । १५ जना अपांगता भएका बालबालीकाको परिवारमा रहेका करिब ९० जना व्यक्तिलाई सहगोग पुगेको बताइएको छ ।
बन्दाबन्दी लकडाउन लम्बिदै गएमा दोस्रो चरणको राहत वितरण गरिने कार्यालयले जनाएको छ ।
यो समयमा कतिपय अपांगता भएका बालबालिकाको उपचार रोकिएको, प्रयोग गरिरहेको सहायक सामग्री तथा उपकरण विग्रीएको, सानो भएको साथै पुन नाप जॉच गर्न नमिलेर अपांगताको अवस्था नाजुक वन्दै गएको प्रमुख तिमिल्सिनाले जानकारी दिए । उनले यस्तो खालको समस्या आएमा तुरुन्तै कार्यालयमा सम्पर्क गर्न आग्रह गरे ।

हालसम्म परियोजनाले जिल्लामा ५ सय ७३ जना शारीरिक अपांगता भएका बालबालिका पहिचान गरी उपचार र पुनर्स्थापना योजना तयार गरेको छ । समुदायमा सचेतीकरण तथा सरोकारवालाहरुसंग उनिहरुका हक अधिकार र पहुँचका वारेमा कार्यक्रम गर्दै आएको छ ।

SHARE