तिनाउमा कार खस्यो, एकजना गम्भीर

0
329

जेठ ३०, २०७७ पाल्पा, पाल्पा बुटवल सडकखण्डको सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबास्थित तिनाउँखोलामा शुक्रबार कार खसेको छ। बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु१ज ४०९३ नम्बरको कालो प्लेटको कार आज दिउँसो करिब तीन बजे तिनाउ खोलामा खसेको हो। घाइते हुनेमा गुल्मीको मालिका गाउँपालिका ५ छापहिलेका २५ वर्षीय ओमप्रकास अर्याल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताए।
गम्भीर घाइते अर्याललाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको छ। कारमा कतिजना सवार थिए भन्ने खुलेको छैन। खोलामा पानीको वहाव बढेकोले खोजी कार्यमा कठिन भएको प्रनि श्रेष्ठले बताए। दुर्घटनामा अरू पनि हुन सक्ने आशंकामा अहिले खोजी कार्यालाई तीव्र पारिएको छ। घट्नाबारे थप विवरण आउन बाँकी छ। कार सडकबाट करिब २०० मिटर तल खोलामा खसेको छ, थप विवरण आउन बाँकी ।

SHARE