नेकपा मुसिकोट सबै क्वारेन्टाईन स्थलहरुमा पुग्ने

0
1050

रामकृष्ण कडेल,वामीटक्सार
जेठ३०, २०७७
नेपाल कम्युनिस्ट पार्टी नेकपा मुसिकोट नगर कमिटिको सक्रियतामा नगरपालिका भित्रका विद्यालयहरुमा सञ्चालित क्वारेन्टाईन हरु मा पुगी त्यहाँको पछिल्लो अवस्था के कस्तो छ भनी बुझ्ने काम जेठ २९ गतेबाट सुरु भएको छ ।

नगर कमिटी इन्चार्ज जिवन खरेल,अध्यक्ष खुमबहादुर थापा मगर,सचिव अग्निधर लोहनी र संचारकर्मी रामकृष्ण कडेल सहितको टोलीले त्रिभुवन मावि कुर्घा, नेपाल राष्ट्रिय मा।वि,शिवशंकर मावि तल्लो फाँट,पुरानो स्वास्थ्यचौकी भवन, दुर्गा भवन मा।वि,कालिका प्रावि नेवारे,महिला भवन दोभान,दिगाम चौर प्रावि दिगाम, वडा नम्बर१स्थित जनज्योति मा,वि,सरस्वती मावि थाम र राष्ट्रिय सर्बोदय मा वि पौदीअमराई मा पुगी त्यहाँ को यथार्थ अवस्था बुझ्ने काम सम्पन्न भएको छ ।

पार्टीका जिम्मेवार नेताहरु महामारीको अवस्थामा सम्बन्धित स्थानमा पुगी त्यहाँ बसोबास गरिरहेका नागरिकहरूको दुःख पीडा बुझ्ने,उहाँहरूको रायसुझाव संकलन गर्ने,हालसम्म नगरपालिकाको तर्फबाट भइरहेका कामहरूको मूल्याङ्कन गर्ने र सम्बन्धित निकायहरूमा आवश्यक सल्लाह सुझाबहरु दिने उद्देश्यका साथ नेकपाले भेटघाट कार्यक्रम सुरु गरेको नगर ईन्चार्ज जीवन खरेलले बताउनुभयो।नगर इन्चार्ज जीवन खरेल र सचिव अग्निधर लोहनी स्थापित स्वास्थ्यकर्मी पनि भएकोले प्रत्येक क्वारेन्टिन हरुमा बस्दै आएका सबै नागरिकहरू लाई अयखष्म(ज्ञढ को बारेमा चेतनामूलक सेवास्थ्य शिक्षा प्रदान पनि गरिरहनुभएको छ।

सबै क्वारेन्टाइन स्थलहरुमा नगरको आर्थिक सहयोग र सम्बन्धित विद्यालय को सक्रियता देखिएको छ।भेटघाट कार्यक्रममा पार्टीको तर्फबाट प्रत्येक क्वारेन्टाईन स्थलहरुमा मास्क,स्यानीटाइजर,साबुन लगायतका आवश्यक सामग्रीहरु पनि उपलब्ध गराइएको नगर अध्यक्ष खुम बहादुर थापा मगरले बताउनुभयो।नगर कमिटी को टोलीलाई स्थानीय वडाहरुमा निर्वाचित जनप्रतिनिधिहरु र पार्टीका वडा स्तरीय जीम्मेवार नेताहरु ले सहयोग पुर्याइ रहनुभएको देखिन्छ। टोलीले सबै स्थलमा बसिरहनुभएका दाजुभाइ दिदीबहिनी ,बुवा आमा हरू संग सुष्म तरिकाले समस्याको बारेमा छलफल गरी आफ्नो राय समेत दिइरहनुभएको छ।
छलफलको क्रममा क्वारेन्टाइन मा बसोबास गरिरहेका नागरिकहरूले परीक्षण अनिवार्य हुनुपर्ने नगरबाट उपलब्ध गराउने भनिएको रकम वृद्धि गर्नुपर्ने, भारतबाट घर सम्म आउँदाको भाडा नगरबाट मिलाउनुपर्ने, परीक्षण विश्वासिलो नभएकोले यसलाई निरन्तरता दिन नहुने लगायतका मागहरु उक्त टोलीसँग राखेको बताइएको छ।

SHARE