जेठ२९, २०७७ गुल्मी : गुल्मिको पहिलो नगरपालिका रेसुंगा नगरपालिका अलपत्रहरुको उद्धार र क्वारेन्टाइन ब्यबस्थापनमा अग्रणी स्थानमा देखिएको छ ।
हाल फैलिएको कोरोना भाइरसले निम्त्याएको महामारीको अवस्थामा भारतबाट आउने नागरिकको उद्दार र क्वारेन्टाइन व्यवस्थापनमा अरु स्थानीय तहभन्दा सफल देखिएको हो ।
उक्त नगरपालिका सदरमुकामको नगरपालिका समेत भएको कारणले दिनहुँजसो अरु जिल्ला र स्थानीय तहका नागरिकरुलाई समेत उद्दार गरेको हुन्छ। मानिसहरू टाढा(टाढाबाट आउने र रेसुंगा नगरपालिकाको चिदिचौरमा थकाइ मार्ने हुँदा साझ, राती आएका नागरिकहरुलाइ रेसुंगा नगरपालिकाले उद्दार गरि क्वारेन्टाइनमा राखी अर्को दिन सम्बन्धित स्थानीय तहमा पठाउने गरेको छ ।
रेसुङ्गा नगरपालिकामा पछिल्लो चरणमा भारतबाट आएका करिब ५०० जनालाइ क्वारेन्टाइनमा राखी ब्यवस्थापन गरिएको रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले जानकारी दिए ।
जसमा रेसुङ्गा नगरपलिकाका ४५२ जना छन भने बाकी अरु स्थानीय तहका ब्यक्तिहरु एक, दुई दिन क्वारेन्टाइनमा राखी संम्बन्धित स्थानीय तहमा पठाइएको नगरप्रमुखले जानकारी दिए।
भारत लगायतबाट आएका ब्यक्तिहरुलाइ १४ दिन क्वारेन्टाइनमा राखी आरडिटी जाँच गरि पोजेटिभ आएमा स्वास्थ्य अवस्था हेरि आइसोलेसनमा र क्वारेन्टाइनमा राखिएको नगरप्रमुखले जानकारी दिए ।
रेसुङ्गा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बोम अर्यालका अनुसार यो समाचारतयार पार्दा सम्म रेसुङ्गा नगरपालिका वार्ड न १ को महेन्द्र मा।वि स्थित क्वारेन्टाईनमा रहेका ३१ जना मध्ये १ जनाको रिपोर्ट पोजेटिभ आएपछि उक्त क्वारेन्टाइनमा रहेका बाकी ३० जनाको कन्ट्याक्ट् ट्रेसिङ्ग गरि स्वाव परीक्षणको लागि भैरहवा पठाइएको छ ।
यसैगरी रेसुङ्गा नगरपालिका भित्र विभिन्न १४ स्थानमा संचालनमा रहेका क्वारेन्टाइनमा रखिएका ब्यक्तिहरु मध्ये १४ दिन पुगेका १७५ जनाको च्आरडिटी चेक गरिएकोमा २३ जना पोजेटिभ आएका छन् भने रिपोर्ट नेगेटिभ आउने १५२ जना होम क्वारेन्टाइनमा बस्ने गरि पठाईएको र बाकी रहेकाहरुको पनि १४ दिन पुग्ने दिनमा आरडिटी गरि क्रमश होम क्वारेन्टाईनमा बस्ने गरि पठाईने जानकारी नगरपालिकाले गराएको छ ।
त्यसैगरी रेसुङ्गा नगरपालिका ९ स्थित आइसोलेसन वार्डमा अहिले ६ जना ब्यक्तिहरु उपचाररत छन् । जसमा २ जना कोरोना संक्रमीत छन भने ४ जना उच्च ज्वरो आएका ब्यक्ति रहेको अर्यालले जानकारी दिए ।