आँधिखोला लघुबित्त रामपुरद्धारा नगरपालिकालाई आर्थिक सहयोग

0
625

सुशीला रेग्मी

रामपुर (पाल्पा), २८ जेठ : आँधिखोला लघुबित्त शाखा कार्यालय रामपुर नगरपालिका पाल्पाले नगरपालिकाको बिपद व्यवस्थापन कोषमा रकम सहयोग गरेको छ ।
बुधबार नगरपालिका कार्यालयमा एक कार्यक्रमका बीच नगर प्रमुख रमणबहादुर थापा र उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य, प्रमुख प्रशासकीय अधिकृत ऋषिराम आचार्यलाई दश हजार राहत रकम हस्तान्तरण गरिएको छ ।

कोरोना भाइरस सङ्क्रमण कोभिड १९ को जोखिमलाई न्यनिकरण गर्न सघाउ पु¥याउँदै प्रकोप व्यवस्थापन शाखा प्रमुख युवराज गौतमले रकम हस्तान्तरण गरेका हुन् ।
नगर प्रमुख थापाले राहत रकम बुझ्दै नगरपालिकाको बिपद व्यवस्थापन कोषमा धेरै संघ संस्था, व्यक्तिबाट राहत सहयोग प्राप्त भएको बताउँदै आँधिखोला लघुबित्त शाखाले गरेको सहयोगप्रति धन्यवाद ब्याक्त गरे ।
नगर उपप्रमुख आचार्यले विभिन्न संघ संस्था र व्यक्तिबाट प्राप्त रकम अति विपन्न गरिव तथा दैनिक ज्यालादारी मजदुरी गरेर जीविकोपार्जन गर्ने नागरिकलाई सहयोग गरिने जानकारी दिए ।

स्याङ्गजाको बयरघारी कार्यालय रहेको यस संस्थाले रामपुर नगरपालिकामा शाखा बिस्तार गरी सेवा दिदै आएको छ ।

SHARE