जेठ २८, २०७७ अर्घाखाँची : अर्घाखाँचीको मालारानी ४ को सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका एकजना पुरुषको ज्यान गएको हो ।
ज्यान जानेमा मालारानी ४ का ५७ वर्षीय यमप्रसाद खनाल रहेको मालारानी गाउँपालिकाका स्वास्थ्य प्रमुख भविश्वर खनालले जानकारी दिए ।
भारतको मुम्वइबाट जेठ १५ गते आएपछि उनी स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा बस्दै आएका थिए। एक्कासि हिजो मंगलबार स्वास्थ्यमा समस्या आएपछि सन्धिखर्क उपचार गर्न आएका उनलाई बुटवल लुम्बिनी अन्चल अस्पतालमा रिफर गरिएको थियो।
बुटवलबाट उपचार गरी फर्किंदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकृत विजय विकले बताए।