गाउँपालिकाले माग्यो सुझाब

0
323

जेठ २८,२०७७ गुल्मी : इश्मा गाउँपालिकाले गाउँपालिकाका स्थानीय र सरोकारवालाहरुसंग सुझाब माग गरेको छ ।
गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७७।०७८ को नीति तथा कार्यक्रममा के कस्ता बिषयहरु र समेटनु पर्ने क्षेत्रहरुका लागि सुझाब माग गरेको हो ।
गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बिष्टले गाउँपालिकाको समृद्धि र बिकासका लागि सामाजिक संजाल , मेल मार्फत पनि दिन सकिने बताएका छन् ।
बिश्वभर फैलिएको कोरोना भाइरसका कारण पनि के कस्ता नीति तथा कार्यक्रमहरु बनाउनु पर्दछ र कुन क्षेत्रहरुलाई समाबेश गर्न सकिन्छ भनेर पनि छलफल गर्न सकिने गाउँपालिकाले जनाएको छ ।

SHARE