
सागर भण्डारी,
जेठ २७,२०७७ गुल्मी : मुसिकोटमा बुधवार देखि आरडिटी पोजेटिभ देखिएकाहरुलाई पिसिआर परीक्षणका लागि स्वाव सकंलन नगरपालिकाले नै गर्ने भएको छ ।
आरडिटी पोजेटिभ देखिनेको संख्या बढ्दै गएकाले तम्घासबाट स्वाव सकंलनका लागि आवश्यक पर्ने भिटिएम किट नगरपालिकामा आई सकेको र बुधबार देखि नगरपालिकामै पिसिआर परिक्षणका लागि स्वाव सकंलन गरिने नगरपालिकाले जनाएको छ ।
आरडिटी पोजेटिभ देखिई हाल क्वारेन्टाईनमा राखिएकाहरुको स्वाव सकंलन नगरपालिका भित्रका तालिम प्राप्त स्वास्थ्यकर्मीहरुले नै गर्ने मुसिकोट नगरपालिका स्वास्थ्य सयोंजक डिबी जिसीले जानकारी दिए । यसअगाडी आरडिटी पोजेटिभ देखिएका र संकास्पद लक्षण देखिएकाहरुलाई भिटिएम किटको अभावमा स्वाव सकंलनका लागि जिल्ला अस्पताल तम्घास पठाउनुपर्ने बाध्यता रहेको थियो ।
पछिल्लो समय भारतबाट आएकाहरु मध्ये झण्डै ८ सय जना भन्दा धेरै नगरपालिकाको विभिन्न क्वारेन्टाईनमा रहेका छन् ।
उनीहरुको सम्बन्धित क्वारेन्टाईनमा गएर नगरपालिकाले आरडिटी परिक्षण गरिरहेको छ । उक्त आरडिटी परिक्षणमा पोजेटिभ देखिएकाहरुको स्वाव सकंलन गरि पिसिआर परीक्षणका लागि प्रादेशिक प्रयोगशाला रुपन्देही पठाउने गरी तयारी थालिएको उनले बताए ।

त्यस्तै पिसिआर परीक्षणमा पनि पोजेटिभ देखिएमा कन्ट्याक टे«सिङको आधारमा परीक्षणको दायरा बढाईने उनको भनाई छ ।
यसैबीच नगरपालिकाले सोमबार पनि नगरभित्र विभिन्न क्वारेन्टाइनमा बसेका २६ जनाको आरडिटी परीक्षण गरेको छ । भारतबाट आई क्वारेन्टाईनमा बसेको १४ दिनको बसाई अवधि पुरा गरेकाहरुको आरडिटी परीक्षण स्वास्थ्य सयोंजक जिसीले जानकारी दिए । परीक्षण गरिएकाहरु सबै पुरुषहरु रहेका छन् ।
९ वटै वडामा गरिएको परीक्षणमा ३ जनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको जिशीले जानकारी दिए । आरडिटी पोजेटिभ देखिएकाहरु वडा नं १ र ७ का रहेका छन् ।









