मेयरमाथि भएको अभद्र व्यवहारप्रति नेकपाको ध्यानाकर्षण

0
666

हुमाकान्त पोखरेल
जेठ २७,२०७७ गुल्मी  : गुल्मीको मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटामाथि भएको अभद्र व्यवहारको नेपाल कम्युनिष्ट पार्टीको ध्यानाकर्षण भएको छ ।
नगरपालिका वडा नम्बर १ स्थित सरस्वती माध्यमिक विद्यालयमा रहेको स्वारेन्टाइन अनुगमन गर्न जाँदा नेकपाका नेता एवम् नगरप्रमुख सापकोटा, सोहि वडाका अध्यक्ष पूर्ण बहादुर हितान र वडा सदस्य सदस्य एवम् नेकपा नगर सदस्य दलबहादुर थापामाथि नेपाली काङ्ग्रेसका स्थानीय कार्यक्रताहरुले अभद्र एवम् अराजनीतिक व्यवहार गरेको भन्दै नेकपा मुसिकोट नगरपालिका वडा नम्बर १ वडा कमिटीले ध्यानाकर्षण भएको जनाएको हो ।
नेकपा मुसिकोट १ का वडा इन्चार्ज भुपेन्द्र रायमाझि र वडा कमिटी सचिव नारायण थापाद्धारा हस्ताक्षरित विज्ञप्तिमा काङ्ग्रेसका स्थानीय कार्यकर्ताहरु चिरिञ्जीवी केसी, पोमलाल खरेल, नेपाल तरुण दलका भिम पाण्डे लगायत गरी २०÷३० जनाको अराजनीतिक समुहले नगरप्रमुख लगायत जनताद्धारा निर्वाचित जनप्रतिनिधिमाथि अपमानजनक, अभद्र र गैरमानविय व्यवहार गरेकोले उनीहरुलाई कडाभन्दा कडा सजायको समेत माग गरिएको छ ।
कोरोना महामारीका कारण सिगों देश संकटमा परेको समयमा विभिन्न देशवाट संकटपुर्ण अवस्थामा रहेका व्यक्तिहरुको उद्धार गरी उनीहरुको उचित व्यवस्थापन र महामारी नियन्त्रणको लागि खटिएका जनप्रतिनिधिमाथि भएको अभद्र व्यवहारले नेकपा वडा कमिटीले खेद प्रकट गरेको छ । ‘राज्यले लोकतान्त्रिक गणतन्त्र, कानुनी राज्य, विधिको शासन र सामाजिक सहिष्णुताको संस्थागत अभ्यास गर्दै स्थिर राजनीतिक व्यवस्थातर्फ उन्मुख भइरहेका बेला नेपाली काग्रेसका कार्यकर्ताले देखाएको अराजनीतिक, असामाजिक र समान्तवादी व्यवहारको घोर भर्सना र निन्दा गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ ।


त्यसका साथै आगामी दिनहरुमा नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकतामाथि कुनै पनि अराजनीतिक व्यवहार जोकसैले पनि दोहोराएमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कडा प्रतिरोधमा उत्रने समेत कडा चेतावनी दिएको छ । नेपाल कम्युनिष्ट पार्टीले कोरोना नियन्त्रणको लागि नगरपालिका र १ नम्बर वडा कार्यालयले खेलको भुमिकाको प्रशसां पनि गरेको छ ।

SHARE