रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालको पहलमा खानेपानीका लागि ३४ करोडको टेण्डर आह्वान

0
852

रमेश भण्डारी,
जेठ २७,२०७७ गुल्मी :  गुल्मीको रेसुङ्गा नगरपालिकाका सबै वडामा प्रयाप्त मात्रामा खानेपानीको उपलब्ध गराउने रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालको योजना पूरा हुने भएको छ ।
रेसुङ्गा नगरपालिका भित्रका १४ वटै वार्डलाई समेटने रेसुङ्गा खानेपानी आयोजनाको कुल लागत करिव ३४ करोड लाग्ने योजनाको मिति २०७७जेठ २५ गते नेपाल सरकार खानेपानी मन्त्रालय खानेपानी तथा ढल व्यवस्थापन बिभाग संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय सन्धिखर्क अर्घाखाँची बाट टेण्डर आह्वानको लागि सुचना निस्किएको छ ।
३० दिने म्याद सहितको सुचना निकाली टेण्डर आह्वान गरिएको छ। उक्त आयोजना टेण्डर स्वीकृत भएको मितिले २ बर्ष भित्रमा योजना सम्पन्न हुनेछ् । उक्त आयोजना सम्पन्न भएपछि रेसुङ्गा नगरपालिका भित्र खानेपानीको समस्या नहुने नगरप्रमुख भुसालले बताए ।
उक्त आयोजना स्वीकृत गरि बजेट ब्यवस्था गर्न आफुले धेरै संघर्ष गरेको उहाले बताउनेभयो। योजनाको टेण्डर निकाल्ने समयमा देशमा कोरोना महामारीले देश पुर्ण लकडाउनको अवस्थामा रहेको बेलापनि उक्त आयोजनाको टेण्डर खुलाउन ढिला भएकोले २०७७ साल बैशाख २४ गते इन्जिनियर सहितको टोलि खानेपानी मन्त्रालयमा पठाएर बारम्बार मन्त्री सङ्ग कुरा गरि यो योजनाको टेण्डर खुलाउन सफल भएको नगरप्रमुखले दाबी गरे ।

SHARE