काेराना सक्रमित विरामी बाेकेकाे एम्बुलेन्स दुर्घटना

0
497
गणेश खनाल
अर्घाखाँची  :  कोरोना सक्रमित लिएर अाउदै गरेकाे लु १ च ३५३५ नम्बरकाे एम्बुलेन्स दुर्घटना भएकाे छ । सन्धिखर्क नगरपालिका वाड नम्वर ७ चन्द्रप्रभा माविवाट सक्रमित लिएर अाउदै गर्दा खाचिकोट डिहिडाडा फर्जेङ खोला बजार नजिक दुर्घटना भएकाे हाे ।
दुर्घटनामा परि ४ जना सामन्य रहेका १ जना महिलाकाे ढाडमा चाेट लागेकाे जनाईएकाे छ । घाईतेकाे उपचार गरि ५ जनालाई सन्धिखर्ककाे अाईसाेलेसन कक्षमा लगिएकाे प्रहरी प्रमुख माधव बुढाथोकीले जानाकारी दिए । दुर्घटनाकाे खवर पाउन साथ प्रहरी प्रमुख बुढाथोकी सहित टाेलि घटनास्थल पुगेका थिए । घाईतेकाे अवस्था सामन्य रहेकाे सुचना अधिकारी प्रकाश खत्रिले जानकारी दिए ।
SHARE