गुल्मीमा कोरोना संक्रमितको अबस्था गम्भिर , बेडमा बस्न नसकेकाले भुइँमा राखेर उपचार

0
508

अनिल खत्री
जेठ२६,२०७७ गुल्मी :गुल्मीमा कोरोना संक्रमित बिरामीको अबस्था गम्भीर बन्दै गएको छ ।
जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–९ स्थित उपल्लो तम्घासमा आइशुलेसनमा रहेका धुर्कोट गाउँपालिका ३६ वर्षिय कोरोना संक्रमितको अबस्था गम्भीर रहेको गुल्मी अस्पतालका डक्टर उत्तम पच्चाले जानकारी दिए ।

उनी भारतबाट आई धुर्कोटको क्वारेन्टाइनमा रहेका बेला कोरोना संक्रमण पुष्टी भएको थियो । १४ दिनदेखि आइसुलेसनमा रहेका संक्रमितको अबस्था गम्भीर बनेपछि उनकै उपचारमा खटिएकी स्वास्थ्यकर्मीले ब्लड दिएकी छन् ।
२ वर्षदेखि आन्द्राको क्यान्सरबाट ग्रसित कोरोना संक्रमितको रक्त अल्पताको समस्या देखिएपछि संक्रमितकै उपचारमा खटिएकी स्वास्थ्य कर्मी सीता छन्त्यालले ब्लड दिएको डक्टर पच्चाले बताए ।

संक्रमित व्यक्तिको १४ दिनदेखि लगातार उपचारमा खटिएकी स्वास्थ्य कर्मीले संक्रमित व्यक्तिलाई बचाउनको निम्ति रगत दिएर ठूलो योगदान गरेकी छन् ।
तम्घासको आइसुलेसन उपचारत संक्रमितलाई थप उपचारको लागि बुटवल रिफर गरिएपनि बिबिध समस्याका कारण पठाउन नसकिएको डक्टर पच्चाले बताए । संक्रमित व्यक्तिको अबस्था दिनानु दिन झन जटिल बन्दै गएको डक्टर पच्चाको भनाई छ ।
संक्रमित व्यक्तिको २ पटक लिइएको स्वाबको रिर्पोटमा कोरोना पोजिटिभ नै आएको रेसुङ्गा नगरपालिका गुल्मीका स्वास्थ्य संयोजक बोम अर्यालले जानकारी दिए । बेडमा संक्रमित बिरामी बस्न नसकेपछि उनलाई भुइँमा राखेर उपचार गरिएको अर्यालले बताए ।


संक्रमित व्यक्तिलाई धुर्कोट गाउँपालिका अध्यक्षसँगै एकैदिन संक्रमणको पुष्टी भएको थियो । गाउँपालिका अध्यक्ष सेल्फ आइसुलेसनबाट कोरोना मुक्त बनेर घर फर्केका छन् ।

SHARE