गुल्मी र पाल्पाका थप एक एक जनामा कोरोना पुष्टि

0
493

सुशीला रेग्मी

रामपुर (पाल्पा), २६ जेठ : पाल्पा र गुल्मीका थप एक एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
लुम्बिनी मेडिकल कलेज पाल्पाको आइसोलेशन कक्षमा उपचारतमध्ये कोरोना सङ्क्रमण देखिएका दुई जनामध्ये एक जना पाल्पा र एक जना गुल्मी जिल्लाका रहेका छन् ।

सोमबार प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा पूर्वखोला गाउँपालिका १ सिलुवाका २३ वर्षीय पुरुष तथा गुल्मीको रुरु गाउँपालिका वडा नं १ का ३२ वर्षका पुरुषमा कोरोनाको नतिजा पोजेटिभ देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिए ।

आज फेला परेका पूर्वखोलाका सङ्क्रमित गत जेठ २० गते युनाइटेड मिसन अस्पतालको आइसोलेशन कक्षमा उपचारको क्रममा मृत्यु भएका ४५ वर्षीय युवासंगै भारतबाट आएको बुझिएको छ ।

पाल्पामा यसअघि आठ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने एक जनाको मृत्यु भएको छ । संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुको आइसोलेशनमा उपचार हुँदै आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

SHARE