गुल्मीका घर्तिको उपचारको क्रममा पाल्पामा मृत्यु

0
364

जेठ २६, २०७७ गुल्मी  :  गुल्मीको मालिका गाउँपालिका ३ का ६७ वर्षीय प्रेम सिङ घर्तीको उपचारको क्रममा मृत्यु भएको छ ।
पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासको आइसुलेसनमा राखेर उपचार गराइरहेको उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताए।
छिमेकीको घरमा मिस्त्री काम गरिरहेका उनी एक्कासी बेहोस भएर ढलेपछी आइतबार उपचारको लागि प्रभास ल्याइएको थियो।
आइसियूमा राखेर उपचार गरिएको घर्तीलाई कोरोना भाइरस कोभिड १९ को सामान्य लक्षण देखिएपछि आइसोलेसनमा सारिएको थियो।
घर्तीको उपचारको क्रममा सोमबार बिहान करिब १ बजे मृत्यु भएको प्रहरी निरीक्षक श्रेष्ठले बताए। मृतक घर्तीको आइतबारनै स्वाब संकलन गरी पीसीआर परीक्षणको लागि भैरहवा स्वास्थ्य प्रयोगशालामा पठाइएको छ।
रिपोर्ट नआउँदासम्म के कारणले मृत्यु भएको हो भन्नेबारे भन्न सकिने अवस्था नरहएको अस्पताललाई उदृत गर्दै उनले बताए। शव रिपोर्ट नआएसम्म अस्पतालमै रहने प्रहरी निरीक्षक श्रेष्ठले बताए।

SHARE