तिलाचन पाण्डे
जेठ २६,२०७७ गुल्मी : १२ दिनमा कोरोनालाई जितेका धुर्कोट गाउँपालिकाका अध्यक्षले कार्यलय परिसरमा बिरुवा रोपण गरि एकान्तबासबाट बाहिर सार्बजनिक भएकाछन् ।
उनले सोमबार बिहान गाउँपालिकाको कार्यलय परिसरमा ओखर, एभोकाडो , रुद्धाक्ष र मुन्तलाका बिरुवाहरु रोपाण गरी बाहिर सार्वजनिक भएको धुर्कोट गाउँपालिकाका उपाध्यक्ष शिबबहादुर खत्रीले जानकारी दिए ।
पछिल्लो समयमा मानबजातीले बिकासको नाममा प्रकृति माथी अत्याधिक दोहनगर्दा मानबजातीलाई चुनौती दिने गरी अहिले बिश्व संकट पैदा भएको उनले बताए ।
प्रकृति संगै बाताबरण बचाउनुपर्छ भन्ने सन्देश दिनका लागि आफूले बृक्षरोपण गरेर एकान्तबासबाट बाहिर निस्केको बताए । बिकासको नाममा प्रकृतिलाई नै दोहन गर्ने परिपाटी भएकाले यसलाई रोक्नका लागि प्रकृतिलाई बचाउँदै बृक्षरोपण गर्नुपर्नेमा जोड दिए ।
१२ दिनमै एकान्तबासबाट कोरोना जितेको पोखरेललाई उपाध्यक्ष शिबबहादुर खत्रीले फूलमालाले स्वागत गरेका थिए ।
उच्चमनोबल र साहसले कोरोनालाई जित्न सकिने उदाहरण गाउँपालिकाका अध्यक्षले दिएको भन्दै कोरोनालाई धेरै ठुलो रोगको रुपमा नलिन उनले सबैलाई आग्रह गरे ।
गाउँपालिकाका अध्यक्षले कार्यलय परिसरमा रोपण गरेका बिरुवाहरु कृषिज्ञानकेन्द्र गुल्मीले उपलब्ध गराएको हो ।