जेठ २६,२०७७ गुल्मी : सुस्त गतिमा देखिएको कोरोना संक्रमण पछिल्लो समयमा ह्वात्तै बढेको छ ।
हालसम्म अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ३६ पुगेको स्वास्थ्य कार्यलय अर्घाखाँचीले जनाएको छ ।
प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा ३१ जना नयाँ संक्रमित फेला परेसंगै संकमितको संख्या ३६ पुगेको स्वास्थ्य कार्यलय अर्घाखाँचीका सूचना अधिकारी बिजय बिकले जानकारी दिए । संक्रमित ब्याक्तिहरुको पहिचान गर्ने कार्य भइरहेको उनले जनाए ।
अर्घाखाँचीमा कोरोना संक्रमणका कारण एक जनाको मृत्यू भइसेको छ ।