कोरोना राहत कोषमा निस्दीका शिक्षकको दश लाख सहयोग

0
340

सुशीला रेग्मी

रामपुर (पाल्पा), २६ जेठ  : कोरना राहत कोषमा निस्दी गाउँपालिकाका शिक्षकले दश लाख सहयोग गर्ने भएका छन् ।

गाउँपालिकाको विपद व्यवस्थापन कोषमा ५४ सामुदायिक विद्यालयका शिक्षकले आफूले बुझ्दै आएको तलव बापतको केही रकम सहयोग गर्ने भएका हुन् ।

सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबाट १० लाख १६ हजार तीन सय ७४ रकम सहयोग गर्ने स्रोतकेन्द्रको बैठकमा निर्णय भएको स्रोतव्यक्ति नरबहादुर थापाले जानकारी दिए ।

प्रावि द्धित्तिय, प्रावि तृत्तीय, निमावि तृत्तीय, पुर्व प्राथमिक र सो तहमा कार्यरत कर्मचारीले तीन दिन बराबरको रकम सहयोग गर्ने भएका छन् ।

त्यसैगरी प्रावि प्रथम, निमावि प्रथम, निमावि द्धित्तिय र मावि तहमा कार्यरत शिक्षकले पाँच दिन बराबरको रकम सहयोग गरिने शिक्षक महासंघ निस्दीका अध्यक्ष इश्वरीप्रसाद अर्यालले जानकारी दिए ।

प्रावि तहमा दुई सय २४ निमावि तहमा ३९, मावि तहमा ३२, उच्च मावि तहमा छ जना, बाल विकास तहमा ५५ र कर्मचारी ६५ जना गरी जम्मा चार सय २१ शिक्षक कर्मचारी छन् ।

SHARE