मुसिकोटमा २७ जनाको आरडिटी परीक्षण ,तीन जनाको रिपोर्ट पोजेटिभ

0
297

सागर भण्डारी,
जेठ २६,२०७७ गुल्मी  :  गुल्मीको मुसिकोट नगरपालिकाले नगरभित्र विभिन्न क्वारेन्टाइनमा बसेका २७ जनाको आरडिटी परीक्षण गरेको छ ।
भारतबाट आई क्वारेन्टाईनमा बसेको १४ दिनको बसाई अवधि पुरा गरेकाहरुको आरडिटी परीक्षण गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डिबी जिसीले जानकारी दिए ।२७ जनाको आरडिटी परीक्षण गरिएकोमा ३ जनाको रिपोर्ट पोजेटिभ देखिएको उनले बताए ।

आइतबारको परीक्षणमा आरडिटी पोजेटिभ देखिएकाहरुलाई पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्ने कार्य भइरहेको जिशीले जानकारी दिए ।
त्यस्तै शुक्रवार आरडिटी परीक्षण गरिएको एक जनाको स्वाव सकंलन गरी परीक्षणका लागि प्रादेशिक प्रयोगशाला रुपन्देही पठाईएको पनि प्रमुख जिसीले बताए ।
नगरपालिकाका ९ वटै वडाका विभिन्न क्वारेन्टाइनमा रहेका एक सय ती जनाको आरडिटी गर्ने नगरपालिकाको जनाएको छ । दूइृ सय ७० आरिडिटी किट नगरपालिकामा आएकोमा किट सकिन लागेकाले थप किट ल्याउनका लागि पहल थालिएको पनि प्रमुख जिसीले दाबी गरे ।

SHARE