विमला ढकाल, बर्दिया, : बर्दियाका प्रमुख जिल्ला अधिकारीको पिसिआर परक्षीणको रिपोर्ट नेगेटिभ आएको छ ।
प्रजिअका चालकलाई शनिवार कोरोना पोजेटिभ देखिएसंगै भर्खरै आएका प्रमुख जिल्ला अधिकारी र उनकी पत्नीको स्वाब परीक्षण गरिएको थियो । शनिवार बेलुका १९ जनाको स्वाव संकलन गरिएकोमा भर्खरै बर्दिया आएका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी र उनकी पत्नीको रिपोर्ट नेगेटिभ आएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए ।
नेपालगंजको भेरी अस्पातालमा गरिएको स्वाब परिक्षणको रिपोर्ट अनुसार शनिबार बर्दियाका प्रमुख जिल्ला अधिकारीका सवारी चालकलाई कोरोना पोजेटिभ देखिएको थियो । बर्दियाबाट भर्खरै मात्र मन्त्रालय सरुवा भएका प्रजिअ प्रेमलाल लामिछानेलाई पुर्याउन जाँदासँगै स्वाब परीक्षण गरिएपछि प्रजिअ लामिछानेको रिपोर्ट नेगेटिभ र चालकको रिपोर्ट पोजेटिभ आएको हो ।
नयाँ आएका प्रमुख जिल्ला अधिकारीसहित कार्यालयका १९ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको स्वास्थ्य कार्यालय बर्दियाका निरीक्षक चौधरीले जानकारी दिए । प्रजिअकै सवारी चालकलाई कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालयका कर्मचारी, संचारकर्मी, सुरक्षाकर्मी र स्थानीयहरु तनाबमा थिए ।
भर्खरै आएका नयाँ प्रजिअ लिलाधर अधिकारीले सोही सवारी साधनको प्रयोग गर्दै आएका थिए
कार्यालयका सबै कर्मचारी होम क्वारेन्टाइनमा रहेको बताउँदै प्रजिअ अधिकारीले भने, ‘हामीले संक्रमितबाट कन्ट्याक्ट हिस्ट्री लिँदैछौँ आवस्यक परे परीक्षणको दायरा पनि बढाउँछौ ।’ जिल्ला प्रशासन कार्यालय बर्दियाका ५५ वर्षीय सवारी चालकलाई कोरोना पोजेटिभ देखिएसंगै उनलाई गुलरियाको जिल्ला समन्वय समिति बर्दियाको आइसोलेसनमा राखिएको छ ।
पोजेटिभ पुष्टि भएका चालकले तिन दिनअघि सरुवा भएका प्रजिअ प्रेमलाल लामिछानेलाई काठमाडौं पुर्याएर, नयाँ प्रजिअलाई बर्दिया ल्याएर आएका थिए ।