मालिकामा नेपाली काँग्रेसद्धारा क्वारेन्टाइनको अनुगमन ,गाउँपालिकाका प्रबक्ता भन्छन् हल्लामा सत्यता छैन

0
610

मनोज कार्की
जेठ २५ ,२०७७ गुल्मी  :नेपाली काँग्रेस मालिका गाउँपालिकाले पालिकाका सबै वडाहरुका क्वारेन्टाइको अनुगमन गरेको छ ।
मालिका गाउँपालिकामा रहेका क्वारेन्टाइनमा रहेका नागरिकको स्वास्थ्य अवस्था, खानेपानी शौचालय तथा खानाको ब्याबस्था लगाएतको अनुगमन गएिको मालिका गाउँपालिका नेपाली काँग्रेस गुल्मीले जनाएको छ ।

अनुगमनमा सबै क्वारेन्टाइनमा बसेका नागरिकले बिभिन्न प्राबिधिक समस्या रहेको बताएका छन् । देखिएका त्यस्ता प्राबिधिक किसिमका समस्यालाई तत्काललाई समधान गर्नेको लागि प्रशासन तथा जनप्रतिनिधि लाई आग्रह गरिएको मालिका गाउँपालिकाका छाया सरकार प्रमुख उपेन्द्र अर्यालले जानाकारि दिए ।
मालिका गाउँपालिका छाया सरकार प्रमुख उपेन्द्र अर्याल,मालिका ६ वडाका सभापति दीपक भण्डारी, तरुण दल मालिका सभापति अशोक जिसि,मालिका सातका कार्यवाहक सभापति हरिनारायण अर्याल ,सचिब डेम बहादुर खत्रि, मालिका आठका सभापति मुक्तीराम पौड्याल,क्षेत्र नं २ प्रदेश सभा २ ख का सभपति रेखा कुमार जिसिले लगाएतको टोलीले अनुगमन गरेको थियो ।
मालिका गाउँपालिकामा बेडको क्वारेन्टाइन निर्माण गरिएको छ । जसमा ३३ जना महिला र २ सय ५५ पुरुष रहेका छन् । ३ सय ७० बेड क्षमताको क्वारेन्टाइन निर्माण गरिएको मालिका गाउँपालिकाले जनाएको छ ।
क्वारेन्टाइनमा बसेकाहरु लाई सामाजिक दुरी कायम गर्न , आत्माबल बढाउन, खानामा ध्यान पुप्याउन , स्वास्थ्यमा समस्या आएमा स्वास्थ्य कर्मिलाई खबर गर्ने लगाएत कोरोना बाट बच्न आबश्यक परामर्श दिएको क्षेत्र नं २ प्रदेश सभा ख का सभपति रेखा कुमार जिसिले बताए ।
बाहिर आएजस्तो छैन : प्रबक्ता
यता मालिका गाउँपालिकाका प्रबक्ता शोभाखर गिरीले बाहिर आएको हल्लामा सत्यता नभएको दाबी गरेका छन् ।
क्वारेन्टाइनमा रहेकाहरुलाई आफुहरुले राम्रो संग ब्यबस्थापन गरेको र यदि कहि कतै प्राबिधिक सम्स्याहरु रहे सुधार गरेर जान तयार रहेको उनले बताए ।
गाउँपालिकाले कवारेन्टाइन ब्यबस्थापनमा सर्बदलिय समिति नै बनाएर काम गरेको भन्दै उहाँहरुको सहमतिमै गरिएको ब्यबस्थापनमा द्धयचरित्र देखाउनु उपयुक्त नहुने उनको भनाई छ ।

SHARE