दाङको कोरोना अस्पतालबाट १० जना डिस्चार्ज

0
405

जेठ २५,२०७७ दाङ :  दाङमा रहेको कोरोना विशेष अस्पताल बेलझुण्डीबाट १० जना कोरोना संक्रमित निको भएर घर गएका छन् ।
जसमध्ये दाङका २ जना, बाँकेका ५ जना, कपिलबस्तुका २ जना, र बर्दियाका १ जनालाई डिस्चार्ज गरिएको अस्पतालका ब्यवस्थापन दोर्ण वलीले जानकारी दिए ।
दाङका २ मध्य घोराहीका १ जना र गढवाका १ जना रहेका छन् । डिस्चार्ज भएका मध्ये केहीको कोरोना रिपोर्ट पनि नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो, भने केही भने लक्षण नै नभएपछि डिस्चार्ज गरिएको उनले बताए ।
उनका अनुसार उनीहरुलाई राखेको २०÷२२ दिनसम्म पनि कुनै लक्षण नदेखिएपछि सरकारले गरेको परिपत्रका आधारमा डिस्चार्ज गरिएको हो ।

दाङका १ जना, बाँकेका २, कपिलबस्तुका १ र बर्दियाका १ जनाको तेस्रो रिपोर्ट नेगेटिभ आएर डिस्चार्ज गरिएको हो । भने अन्य ५ जनाको लक्ष्ण नभएपछि डिस्चार्ज गरिएको हो । अब अस्पतालमा ४५ जना संक्रमितको उपचार भइरहेको छ ।

SHARE