मालिकाको क्वारेन्टाइनमा रहेका ३ जनाको आरडिटी रिपोर्ट पोजेटिभ

0
758

मनोज कार्की
जेठ २५ ,२०७७ गुल्मी  :जिल्लाको मालिका गाउँपालिका वडा नं ८ का क्वारेन्टाइनमा रहेका ३ जनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ ।
मालिका गाउँपालिका वडा न ८ मर्भुङ मालिका माबी सिमलटारी क्वारेन्टाइनमा रहेका ३ जनामा आरडिटी रिपोर्ट पोजेटिभ आएको वडा कार्यलयले जानाकारी दिएको छ ।

छिमेकी मुलुक भारतबाट जेठ १० गते सिमलटारी आएका उनिहरुलार्इ मालिका मा बि सिमलटारीको क्वारेन्टाइन राखिएको थियो । उनी हरुको अबधि पुरा भइसकेपछि जेठ २४ गते स्वास्थ्य परीक्षण गर्दा तीन जनामा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको हो ।

भारतबाट आएका ९ जना मध्ये एकजना साथिकको मोबाइल र पैसा चोरी भागेका थिए । आठ जना मध्ये ३ जनालाइ मालिका माबिमा राखी ५ जनालाई घरमा सुरक्षीत होम क्वारेन्टाईनमा पठाइएको वडा अध्यक्ष टीकाबहादुर जिसिले जानाकारी दिए ।

आरडिटी रिपोर्ट आउँदैमा कोरोना पुष्टि नहुने भएकाले कोरोनाको हल्ला नफैलार्इ सबैलाई सावधानी अपनाउन वडा अध्यक्ष जिसिले आग्रह गरेका छन् ।

तीन जनाको पिसिआर परीक्षणको लागि स्वाब सँकलन गर्ने तयारी भइरहेको जिशीले जानकारी दिए ।

SHARE