रामकृष्ण कंडेल÷नविन कार्की,
जेठ २४ गुल्मी : गुल्मीदरबार गाउँपालिका वडा नम्बर ३ स्थित म्यालपोखरी माबिको क्वारेन्टाईमा रहेकाहरुको आरडिटि परीक्षण गर्दा ४ जनामा पोजेटिभ रिपोर्ट आएको छ ।
भारतको हेदराबादबाट आएका २ जना, मुम्बई र भुपालबाट आएका एक एक जना गरि जम्मा ४ जना पुरुषमामा पोजेटिभ आएको हो । उक्त क्वारेन्टाईमा भारतका बिभिन्न ठाउँबाट जेठ १० गते आएका ५६ जना पुरुषहरु २ जना स्वास्थ्यकर्मी , २ जना सुरक्षाकर्मी ३ जना खाना ब्यवस्थापक र १ जना बस चालक गरी ६४ जना रहेका थिए । उनिहरु सबैको शनिबारआरडिटि परीक्षण गरिएको हो ।
आरडिटि परीक्षणमा पोजेटिभ आएका ४ जना लाई शनिबार पिसिआर परिक्षणको लागि तमघास जिल्ला अस्पतालमा लगि स्वाब संकलन गरिएको छ । पोजेटिभ आएका ४ जनाको प्रत्यक्ष सम्पर्कमा आएका २० जना बाहेकका ३६ जनालाई आजै अनिर्वाय रुपमा कम्तिमा ७ दिन होम क्वारेन्टाईमा बस्ने गरि डिस्चार्ज गरिएको स्वास्थ्य अधिकृत नारायण प्रसाद अर्यालले बताए ।
डिस्चार्ज गर्दै गाउँपालिका अध्यक्ष अशोक कुमार थापाले डिस्चार्ज भएका सबैलाई अनिर्वाय रुपमा कम्तिमा ७ दिन होम क्वारेन्टाईमा बस्न आग्रह गर्दै सम्पुर्णको सुस्वास्थ्यको कामना गरे ।
डिस्चार्ज कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डे,वडा अध्यक्षहरु लगाएतको उपस्थिति रहेको थियो । गुल्मीदरबार गाउँपालिकाका बिभिन्न क्वारेन्टाइनमा गरि भारतबाट आएका जना ३५५ पुरुष १३ जना महिला र स्वदेशका बिभिन्न ठाउँबाट आएका ५६ जना पुरुष र १० जना महिला गरि जम्मा ४३४ जना रहेको स्वास्थ्य अधिकृत नारायण प्रसाद अर्यालले बताए ।
साथै गाउँपालिकाले भारतबाट आई नेपाल भारतको नाका सुनौलिमा अलपत्र परेका गाउँपालिका भित्रका नागरिकलाई निशुल्क रुपमा ल्याउने व्यवस्था र क्वारेन्टाईनमा राखि निशुल्क खाने बस्ने व्यवस्थापन दैनिक योगा गराउने साथै क्वारेन्टाईन स्थलमा २४सै घण्टा स्वास्थ्यकर्मी राखि दैनिक ईन्फारेड थर्मोमिटरबाट तापक्रम मापन गर्ने गरिएको पनि अर्यालले बताए ।