कारागार भित्रै पुरुषको ज्यान गयो

0
367

जेठ २४,२०७७ कपिलबस्तुः कपिलबस्तुमा कारागारमै एक पुरुषको ज्यान गएको छ ।
कपिलबस्तुको यशोधरा गाउँपालिका ७ का ५३ बर्षिय रामअधिन कँहारको ज्यान गएको जेलर रोकेशकुमार पाण्डेले जानकारी दिए ।
आइतबार बिहान १० बजे खाना खाएर सुतेका उनी दिउँसो २ बजेतिर अचेत अबस्थामा देखिएपछि कपिलबस्तु अस्पताल लगिएको थियो ।
अस्पतालले उजलाई मृत घोषण गरेको जेलर पाण्डेले जानकारी दिए । उनी कर्तब्य ज्यान मुद्धामा कारागार चलान भउका थिए ।

SHARE