गुल्मीमा चार हजार १३८ जना क्वारेन्टाइनमा

0
533
जिल्ल प्रशासन कार्यालय गुल्मीको तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
जेठ २४,२०७७ गुल्मी  : गुल्मी जिल्लामा चार हजार १३८ जना क्वारेन्टाइनमा रहेको जिल्ला प्रशासन कार्यलय गुल्मीले जनाएको छ ।
जिल्लाको रेसुंगा नगरपालिकामा ३९६ जना , मुसिकोट नगरपालिकामा ६३९ जना , रुरुमा २२६ जना ,चन्द्रकोटमा १९० जना , छत्रकोटमा ४१८ जना , इश्मामा ५५१ जना , मालिकामा २८८ जना ,धुर्कोटमा ४७२ जना ,कालीगण्डकीमा ९८ जना , सत्यवतीमा २२६ जना ,गुल्मीदरवारमा ३९० जना ,मदाने गाउँपालिकामा २४४ जना गरी कुल चार हजार १३८ जना क्वारेन्टाइनमा रहेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जनाकारी दिए ।
क्वारेन्टाइनमा रहेका मध्ये ४१० जना महिला र तीन हजार ७२८ जना पुरुष रहेका छन् । उनीहरु मध्ये अधिकांश भारतबाट आएका छन् ।
जिल्लामा स्थानीय तहले तयार बिभिन्न १९५ वटा स्थानका क्वारेन्टाइनमा चार हजार ७२२ बेड रहेका छन् । हालसम्म क्वारेन्टाइनमा रहेका ५९८ जनाको आरडिटि गरिएकोमा १० जनाको पोजेटिभ आएको र बाँकी ५८८ जनाको नेगेटिभ आएको छ ।
जिल्लामा ६१ बेडको आइसुलेसन
जिल्लाका बिभिन्न स्थानीय तहमा रहेका आइसुलेसनमा ६७ बेडको क्षमता रहेको जिल्ला प्रशासन कार्यलय गुल्मीले जनाएको छ ।
जसमध्ये रेसुंगा नगरपालिकामा २० बेड ,चन्द्रकोटमा ८ ,छत्रकोटमा ३ ,धुर्कोट गाउँपालिकामा २० बेड र सत्यवतीमा १० बेडको गरि कुल ६१ बेडको आइसुलेसन रहेको उल्लेख गरिएको छ ।

SHARE