बर्दियामा एकैदिन थपिए २८ जना कोरोना संक्रमित

0
333

विमला ढकाल,

जेठ २४,२०७७ बर्दिया  :
बर्दियामा आज एकैदिन २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । केहिदिन पहिले भारतबाट रोजगारी गरेर घर फर्किएका बर्दियाका ५ पालिकाका २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरीक्षक कृष्णगोपाल चौधरीले जानकारी दिए ।
आज थपिएका मध्ये बर्दियाको गुलरिया नगरपालिकामा ११ जना, राजापुर नगरपालिकामा ५ जना, बाँसगढी नगरपालिकामा ५ जना, मधुवन नगरपालिकामा ४ जना र बढैयाताल गाउँपालिकामा ३ जना गरि २८ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।
गुलरिया नगरपालिका वडा नम्बर ३ का ९ जना, वडा नम्बर ६ का १ जना र वडा नम्बर १० का १ रहेका छन् । राजापुर नगरपालिका वडा नम्बर १० का ३ जना र वडानम्बर ८ का २ जना रहेका छन् ।
यसैगरि बाँसगढि नगरपालिका वडा नम्बर ९ का ३ जना, वडा नम्बर २ का १ जना र वडा नम्बर ६ का १ जना रहेका छन् । यस्तै मधुवन नगरपालिका वडा नम्बर २ का २ जना र वडा नम्बर ५ का २ जना रहेका छन् । र बढैयाताल गाउँपालिका वडा नम्बर ७ का २ जना र वडा नम्बर ६ का १ जना रहेका छन् ।
संक्रमित सबै जना क्वारेन्टिनमा बसिरहेका र उनिहरुको आरडिटि परिक्षणमा पोजेटिभ देखिएपछि स्वाब संकलन गरि पिसिआर गरिएको जनस्वास्थ्य निरिक्षक कृष्ण गोपाल चौधरीले बताए । बाँकेको भेरी अस्पतालमा गरिएको स्वाब परिक्षणका क्रममा २८ जनामा कोरोना पुष्टि भएको हो ।
शनिवार एकैदिन २८ जना संक्रमित थपिएसंगै बर्दियामा कोरोना संक्रमितको संख्या ४१ पुगेको छ । यसअघि १३ जना संक्रमित रहेका थिए । संक्रमित मध्ये बर्दिया गुलरिया ११ लालपुरका र राजापुर ५ की वालिका निको भएर घर फर्किसकेका छन् ।
६ नगरपालिका र २ गाउँपालिका रहेको बर्दियामा अहिलेसम्म ठाकुरबाबा नगरपालिका, बारबर्दिया नगरपालिका र गेरुवा गाउँपालिकामा भने कोरोना संक्रमित भेटिएका छैनन् ।

SHARE